फिलिपिन्समा २ पटक शक्तिशाली भूकम्प : ११ जनको मृत्यु, विमानस्थल समेत ठूलो क्षति



प्रकाशित मिति : Apr 24, 2019

एजेन्सी । फिलिपिन्सको प्रमुख टापु लुजोनमा शक्तिशाली भूकम्प गएकाे छ । उक्त भूकम्पमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

फिलिपिन्सको भूकम्पमापन केन्द्रका अनुसार स्थानीय समय दिउँसो ५ बजेर ११ मिनेटमा ६.१ म्याग्निट्युडको भूकम्प गएको हो। प्यासाफिक सुनामी सेन्टरले भूकम्प ७.२ रेक्टर स्केलको रहेकाे जनाएकाे छ ।

भूकम्पले एउटा विमानस्थलमा ठूलो क्षति र कम्तीमा दुईवटा भवन ध्वस्त भएकाे जनाइएकाे छ ।
भूकम्पबाट भएको जनधनको क्षतिबारे वस्तृत विवरण नआए पनि भत्किएकाले ठूलै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यसको चौबिस घण्टा नबित्दै भिसायास क्षेत्रमा ६.४ म्याग्निट्युडको अर्को भूकम्प गएको छ।भूकम्पले टक्लोबन शहर, लेते टापु र काटबलोगन शहरमा ठूलो क्षती भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । त्यहाँ भएका मानवीय क्षतिबारे स्पष्ट नभएको जनाइएको छ ।

राजधानी मनिलादेखि उत्तर-पश्चिममा पर्ने पाम्पङ्गा प्रान्तमा पहिलो भूकम्पका कारण एउटा भवन भत्किँदा भग्नावशेषभित्र दर्जनौँ मानिस फसेको हुन सक्ने अधिकारीहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com