१० बैशाख २०७६, मंगलवार

कपिलवस्तु । सात सय २६ थान लागुऔषधसहित कपिलवस्तुमा एक युवक पक्राउ परेका छन्। भित्रीवस्त्रभित्र लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्लाको कृष्णनगर नगरपालिका-२ स्थित लिंकगेट अगाडिबाट दाङ घोराही उपमहानगरपालिका-१४ का २६ वर्षीय आशिष पाण्डे पक्राउ परेका हुन्।

उनीमाथि शंका लागेर शरीर तलासी गर्दा पाण्डेले लगाएको पेन्टीभित्र कालो प्लाष्टिकमा लुकाइछिपाई राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पाण्डेको साथबाट नाइट्रोभेट ३ सय ७७ थान, स्मास्मोलाइफ र अप्राक्विल गरि २ सय ४० थान, अल्ट्राकेट, प्रोक्सोभन, अल्ट्रारेक्स र कोरेक्स गरि सातसय २६ थान लागुऔषध फेला परेको हो ।

LIVE TV