यूएईमा हिन्दू मन्दिरको शिलान्यास, कैयौँ मानिसको उपस्थिती



प्रकाशित मिति : Apr 23, 2019

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबु धाबीमा हिन्दू मन्दिरको शिलान्यास गरिएको छ । सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यूएई भ्रमणका बेला राखेकाे हिन्दू मन्दिर निमार्ण गर्ने प्रस्ताव त्यहाँको स्थानीय सरकारले स्वीकार गरेपछि मन्दिरकाे शिलान्यास गरिएकाे हाे ।

स्थानीय सरकारले स्वीकार गरेपछि श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाले निमार्ण थालेको छ । मन्दिरको शिलान्यास आध्यात्मिक प्रमुख महन्त स्वामी महाराजको अध्यक्षतामा शनिवार भएको हो । शिलान्यास कार्यक्रममा सयौं मानिसहरु सहभागी भएका छन् ।

यूएईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक बयान पढेर सुनाउँदै राजदूत नवदीप सूरीले शिलान्यासका अवसरमा मन्दिर निर्माण भएपछि यो मन्दिर सार्वभौमिक मानवीय मूल्य र आध्यात्मिक नैतिकताको प्रतीक बन्ने र यो भारत तथा यूएईको साझा विरासत बन्ने बताएका छन् । त्यस्तै उनले यूएईमा बस्ने ३३ लाख भारतीय र अन्य संस्कृतिका मानिसका लागि मन्दिर प्रेरणाको स्रोत बन्ने भएको कुरा प्रधानमन्त्री मोदीको तर्फबाट सुनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com