प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच ‘एमओयु’ हुने



प्रकाशित मिति : Apr 23, 2019

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच ‘एमओयु’ हुने भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयनमा ल्याइएको कार्यक्रम सञ्चालनमा पारस्पारिक सहयोग र समन्वय कायम गर्न त्रिपक्षीय समझदारी गर्न लागिएको हो । समझदारीपत्रमा श्रम मन्त्रालयका उच्चअधिकारी, प्रदेशको सामाजिक विकासमन्त्री र स्थानीय तहका प्रमुख\अध्यक्षले हस्ताक्षर गर्नेछन् ।

समझारीसँगै रोजगार कार्यक्रमप्र्र्ति प्रदेश सरकार र स्थानीय तहको स्वामित्व ग्रहण हुने र कार्यक्रम कानूनी रुपमा थप प्रभावकारी बन्ने सरकारले जनाएको छ । मन्त्रालयका अनुसार वैशाख २० गते देखि २५ गते सम्म त्रिपक्षीय सम्झदारी गरिनेछ ।

सरकारले बेरोजगार युवालाई आन्तरिक बजारमा रोजगारीको अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को घोषणा गरेको छ । यसैबीच मन्त्रालयले बेरोजगार व्यक्तिलाई न्यूनतम् रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने म्याद थप गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com