८ बैशाख २०७६, आईतवार

काठमाडौँ । अभिनेता सौगात मल्ल भटाभट नयाँ फिल्महरुमा अनुबन्धित भएका छन् । हालै ‘पोई पर्यो काले’ फिल्ममा भित्रिएका उनी फेरि ‘राम राम’ मा साइन् गरेका छन् ।

पोई पर्यो काले फिल्मको कथा लेखन निर्देशन निर्देशक शिशिर राणाले गर्ने भएका छन् ।
फिल्म ‘जय भोले’पछि सौगात पर्दामा देखिएका थिएन । अभिनेता सौगात र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनयमा फिल्म ‘मासु भात’को छायांकन सकिसकेको छ ।

तर रिलिजको मिति भने तोकिएको छैन । सौगतले साइन गरेका फिलम ‘पोई पर्यो काले’ भने प्रदर्शनको मिति तय गरिसकेका छन् । यो फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा पनि फाइनल भएका छन् ।

फिल्म ‘राम राम’ निर्देशक सुवर्ण थापाले गर्नेछन् । यो फिल्मको कथा तथा पटकथाकार दिनेश महतले तयार पार्नेछन् । फिल्म डाइमोण्ड स्टार फिल्मस्को ब्यानरमा निर्माण हुने भएको हो ।

LIVE TV