८ बैशाख २०७६, आईतवार

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले रियल सोसिडाडमाथि कठिन जित निकालेकाे छ । नेपाली समयअनुसार आइतबार बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सोसिडाडमाथि २–१ ले गाेलकाे कठिन जित निकालेकाे हाे ।

पहिलो हाफको अन्तिम समयमा बार्सिलोनाले अग्रता लिएको थियो । क्लेमेट लेङलेटले खेलको ४४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले उसामान डेम्बेलेको कर्नर किकमा हेडिङ गोल गरेका थिए ।

पहिलो हाफमा १ गोलको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा पनि एक गोल थपे भने सोसिडाडले पनि एक गोल गर्यो । खेलको ६२औं मिनेटमा सोसिडाडका लागि जुआनमीले गोल गर्दै खेल १–१ को बराबरी बनाए । तर, त्यसको दुई मिनेटमै बार्सिलोनाले गोल गर्दै २-१ गोलको अग्रता बनायो । कप्तान लिओनल मेस्सीको पासमा बार्सिलोनालाई जोर्डी अल्बाले गोल गर्दै बार्सिलानालाई २–१ को अग्रता दिलाए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल हुन सकेन ।

यो जितपछि बार्सिलोनाले ३३ खेल खेल्दै कुल ७७ अंक बनाएको छ । समान ३३ खेल खेलेको एथ्लेटिको मड्रिड कुल ६८ अंकसहित दाेस्राे स्थानमा छ भने एक खेल कम खेलेको रिय मड्रिडको कुल ६१ अंकसहित तेस्राे स्थानमा रहेकाे छ ।

LIVE TV