७ बैशाख २०७६, शनिबार

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएपछि पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी आमासँग माफी मागेका छन् । छैटौंपटक युरोपियन च्याम्पियन्स लिग जित्ने सपना चकनाचुर भएपछि रोनाल्डोले आफ्नी आमालाई ‘म चमत्कार गर्न सक्दिनँ’ भन्दै माफी मागेका हुन् ।

रोनाल्डोकी आमा डोलेरेस एभेइरोले भने आफ्नो छोरा रोनाल्डोले आफ्नो टिमलाई जिताउन सक्दो प्रयास गरेको बताइन्। डोलेरेसले खेलमा सधैँ जित मात्रै नहुने पनि बताइन् । उनले भनिन् , ‘ खेलमा हार-जित हुन्छ नै, सधैँ जित्न सम्भव हुँदैन, उनले आफूले सक्दो जित्ने प्रयास गरे तर पनि जित्न सकेनन्, अब अर्को पटक प्रयास गर्छन्,’।

सञ्चारकर्मीले हारपछि ‘छोराले तपाईसँग केही भने कि भनेनन्’ भनेर प्रश्न गर्दा रोनाल्डोकी आमाले
‘म चमत्कार गर्न सक्दिनँ’ भन्दै माफी मागेकाे बताइन् ।

रोनाल्डोले रियल म्याड्रिटमा हुँदा म्याड्रिटलाई चार पटक युरोपियन च्याम्पियन्स जिताएका थिए । युभेन्टसबाट रोनाल्डोले यसै सिजनबाट युरोपियन च्याम्पियन्स लिग खेलेका हुन् । उनले यस प्रतियोगितामा कूल ६ गोल गरे । उनी च्याम्पियन्स लिगको इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । उनको नाममा कूल १२६ गोल छ ।

रोनाल्डोको टिम युभेन्टस सेमिफाइनलमा लिगको सेमिफाइनलमा डच टिम आयाक्सँग हारेको थियो । उक्त हारपछि रोनाल्डो निकै भावुक भएका थिए । रोनाल्डो ९ वर्षपछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न असफल भएका हुन् ।

(अल फुटबल एप डट कम र गिभमि स्पाेर्ट डट कमको सहयोगमा )

LIVE TV