६ बैशाख २०७६, शुक्रबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ले सरकारको मिलेमतोमा विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी शुल्क वृद्धि गरेकाे आरोप लगाएका छन् ।

विश्वभाषा क्याम्पसमा नेविसंघ विश्वभाषा इकाइले आयोजना गरेको चियापान तथा नयाँ वर्ष शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै सरकारको मिलेमतोमा नै विद्यालय र कलेजले  अनियमित तरिकाले शुल्क वृद्धि गरेकाे आरोप  लगाएका हुन् । उनले चर्को शुल्क वृद्धिको विरोधमा युवा विद्यार्थी आन्दोलन हुनुको विकल्प नरहेको पनि बताए।

पढ्नका लागि सरकारले सर्टिफिकेट धितो राखेर विद्यार्थीलाई विनाब्याज ऋण दिनुपर्ने र विद्यार्थीको लागि नि:शूल्क स्वाथ्य विमाको व्यवस्था गर्नु पर्ने उनकाे माग छ । नेपालका शिक्षा प्रणाली कम्जोर भएकाले नेपालले विश्वसामु प्रतिस्पर्धा गर्ने नसक्ने पनि उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महरले माफियाहरूको नियन्त्रणमा परेर केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार शिक्षा क्षेत्र तहसनहस पार्न उद्धत रहेको आरोप समेत लगाए । पछिल्ला दिनहरूमा स्थापना भएका सबै विश्वविद्यालयहरू नेपाली काँग्रेसको सरकारकै पालामा स्थापना भएको पनि उनकाे दाबी छ  ।

This image has an empty alt attribute; its file name is 57604377_1204100166426716_754228692770619392_n-768x576.jpg

उनले विश्वभरी नेपाली माटो सुगन्ध फैलाउन हामी सबैको जिम्मेवारी भएको र यो जिम्मेवारी नेविसंघले पूरा गर्न सक्ने बताए । सरकारले जनताकाे नाम लिएर जनताकै शिरमाथि थिचोमिचो गरेको आरोप समेत लगाए  । 

कार्यक्रमका  विषेश अथिति पूर्व सांसद रामहरि खतिवडाले सरकार अधिनायकवाद तर्फ गएको आरोप लगाए ।उनले भने, ‘सरकार वास्तवमै अधिनायकवाद तर्फ गएको छ, यसले गर्दा विद्यार्थीहरुको अधिकार खोसिएको छ, अन्य अत्याचार भएको छ ।’

उनले  प्रधानमन्त्री कार्यालय अगाडी दिनदहाडै नेकपाका नेता नामका दर्ता हुन थालेकाे पनि बताए । यस्ता विकृतिहरूलाई विद्यार्थीसंघ एक धारमा बसेर सरकारविरुद्द संर्घषमा लाग्न आग्रह गरे। उनले राज्यका स्वतन्त्र निकायाहरुलाई पनि पार्टी करण गरेर लैजान आरोप समेत लगाए ।

विश्व भाषा क्यम्पसका नेविससंघ इकाइकाे अध्यक्ष दमै सिङ तामाङ (बिकेश) सभापतित्वमा भएकाे कार्यक्रममा अध्यक्ष महर, पूर्व सांसद रामहरि खतिवडा ,काभ्रे जिल्ला छेत्र न. ४ का सभापति तथा पाँचखाल नगरपालिकाका मेयर, विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख भीमनाथ रेग्मी, र क्याम्पसका सबै विभाग प्रमुखहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

त्यस्तै कार्यक्रममा नेविसंघ पूर्वउपाध्यक्ष तथा रामेछापका युवा नेता रत्नहरि कार्की, निवर्तमान केन्द्रीय उपाध्यक्ष पुष्प कुमार शाही ,पूर्व उपाध्यक्ष ऋषि केश जङ शाही, काभ्रे जिल्लाको युवा नेता तथा महाअधिवेशन प्रतिनिधि बेल लामा, केन्द्रीय सदस्य भीम कुमार गौतम, सुमन राज पान्डे ,गीता इन्द्र गुरुङ, मेघा शाहीलगायत विश्व भाषा क्याम्पसका विद्यार्थी नेताहरूको उपस्थितिमा कार्यक्रममा सम्पन्न भएको थियो ।

LIVE TV