६ बैशाख २०७६, शुक्रबार

१. छुर्पीको विक्रि व्यापारबाट तेह्रथुमका एक व्यवसायी बने मालामाल

तेह्रथुम । छुर्पी स्वादिलो मात्र नभइ चपाइरहदा आनन्द लाग्ने दूग्धजन्य परिकार हो । यही परिकारले अहिले पूर्वका पहाडी तथा हिमाली जिल्लाका वासिन्दा जीवन स्तर उकास्दै आएको छ । छुर्पी नेपाली जनतामा मात्र नभइ यस्को लोकप्रियताले भारतदेखि जापान हुँदै अमेरिकासम्मका नागरिकलाई लोभ्याएपछि अहिले छुर्पी पूर्वेली जनताको लागि गतिलो आयस्रोत बनेको छ ।

पूर्वका पहाडी तथा हिमाली जिल्लामा गाई, भैसी र चौरीगाईको दूधबाट उत्पादित छुर्पीले तेह«थुमका एक वासिन्दाको भाग्य नै चम्काएको छ । रोजगारीको सिलसिलामा विदेशमा समेत भौतारिएका उनले अहिले तेह«थुममा खोलेका नमुना छुर्पी उद्योगले उनको जीवनलाई नै नमुना बनाएको छ भने धेरैका लागि उदाहरण पनि बनेका छन् उनी ।

२. प्रत्येक स्थानीय तहमा एक अस्पताल, झापाको सुरुङ्गामा बन्यो सुविधा सम्पन्न अस्पताल

झापा । प्रत्येक स्थानीय तहमा एक अस्पताल खोल्ने सरकारको नीतिले साकार रुप पाउने संकेत देखिएको छ । नेपाली नागरिकहरुका लागि कठिन र महंगो बन्दै गएको स्वास्थ्यको पहुँच अब आफ्नै घर आँगनमा पनि पाउने सम्भावना बढ्दै गर्दा हरकोही खुसी देखिएका छन् ।

झापाको सुरुङ्गामा सरकारको यही नीतिको अंगिकार गर्दै व्यवस्थित अस्पताल निर्माण भएपछि सुरुङ्गवासीले विर्तामोडको महंगो निजी अस्पतालहरुमा धाउनु पर्ने पीडा र समस्याको अन्त्य भएको छ ।

३. इलामको भालुढुंगा आन्तरिक र वाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै

इलाम । गरे के हुन्न र । एक समय त्यसै खेर गएको इलामको भालुढुंगा उत्साही एवं उर्वर मस्तिष्क भएका युवाहरुको आँखा पर्दा अहिले लोकप्रिय पर्यटकीय स्थल बनेको छ । इलामको मनोरम चियाबारी छिचोल्दै पुगिने भालुढुंगामा अहिले आन्तरिक तथा वाह्य पर्यटक नपुगेको दिन नै हुँदैन ।

भालुढुंगामा रहेको गुफाको अवलोकनका लागि बनाइएको पूर्वाधारहरु यति लोभलाग्दा छन जस्ले पर्यटकको मन आकर्षित नगरी रहन सक्दैन । त्यसमाथि पनि पिकनिक स्पट, होमस्टे र दृश्यावलोकनका लागि बनाइएको पूर्वाधार वास्वतमा नै चित्ताकर्षक छन् ।

LIVE TV