राष्ट्रसंघको ७३ औँ अधिवेसनमा नेपाली चेली जोली अमात्यले गरिन् सम्बाेधन (भिडियाेसहित)



प्रकाशित मिति : Apr 18, 2019
  • विजय थापा

डिसी । न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ औँ अधिवेसनमा सम्बोधन गरेकी छिन् ।

अमात्यले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापना भएको एक सय वर्ष पुगेको अवसरमा ‘भविष्यको कार्य’ नारा रहेको उक्त अधिवेसनमा सम्बोधन गरेकी हुन् ।

उनले गत अप्रिल १०-११ मा न्यू योर्कमा सम्पन्न उक्त उच्च स्तरीय बैठकमा सबै नेपालीको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने सुवर्ण अवसर पाएकी छिन् ।

जोलीले अन्तर्राष्ट्रिय श्रम संगठनको एक सयौँ वार्षिक सम्मेलनमा सामूहिक कार्यवाही विश्व-व्यापकता तथा समानताको आधारमा हुनुपर्ने माग राखिन् ।

उनले सम्बोधनकै क्रममा भनिन्, ‘युवाहरुलाई यो थाहा छ- किन हरेक वर्ष १.७ खर्ब डलर सेनामा खर्च गरिन्छ । किनकि आर्थिक नमुनाहरूले युद्धका उपकरणहरू र कल्याणका बीचमा मतभेदहरू बताउन सक्दैनन् ।’ यसबाहेक, अत्यधिक आर्थिक विकासले अतिरिक्त मजदूरीलाई स्थिर बनाइएकाे उनकाे तर्क छ ।

अमात्यले ७३ औँ अधिवेसनकी अध्यक्ष मारिया फरनान्डा एसपीनोसा गर्सेस, सयुक्त राष्ट्र संघका महासचिव एन्टोनीयो गुटेरेस, अन्तर्राष्ट्रिय श्रम संगठनका निर्देशक गाई राइडरलगायत विशिष्ट व्यक्तित्वहरुका बीच उनले सम्बोधन गरेकी हुन् । सम्बोधनका क्रममा उनले आफू नेपालबाट हुँ भन्दै परिचय दिएकी थिइन् । राष्ट्र संघजस्तो गरिमामय संस्थामा यसरी नेपाली मूलका यूवाहरुको तर्फबाट जोली अमात्यले सम्बोधन गर्ने मौका पाउनु सबै नेपालीहरुले गौरवको विषय रहेकाे चर्चा भइरहेकाे छ ।

काे हुन् अमात्य ?

राष्ट्र संघको इतिहासमै अमात्य युवा सम्मेलनकी युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न समेत सफल भएकी थिइन् । दुई बर्षअगाडि जोलीले विश्वभरका तमाम युवा वर्गको प्रतिनिधित्व गर्दै दोश्रोपटक पुन: उनले राष्ट्रसंघकाे हिउँदे युवा सम्मेलनलाई सम्बोधन गरेकी थिइन् ।

बालबालिका र युवाहरूको संयुक्त राष्ट्र मुख्य समुह (यूएन एमजीसीवाई) र संयुक्त राष्ट्र अन्तरसञ्जाल युवा विकास, लिङ्ग समानताका कार्यकारी समूहको सक्रिय सदस्य पनि छिन् । उनी थुप्रै अन्तर्राष्ट्रिय संघ/संस्था तथा सयुक्त राष्ट्र संघसँग आबद्ध छिन् ।

नेपालकाे ललितपुर पाटनमा घर भएर हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी जोली अमात्य पिता जगदीश मान अमात्य तथा माता कृष्ण अमात्यकि जेष्ठ सुपुत्री हुन् भने कन्चन अमात्य कि दिदी हुन् ।

जोली हाल सयुक्त राष्ट्र संघ को मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथ को सचिवालयमा कार्यरत छिन् । उक्त संस्था १९९२ मा स्थापना भएको हो । जोली अमात्य उक्त ७३ औ अधिवेसनको साधारण सभाको उद्घाटन कार्यक्रमको एक खण्डमा उनले सम्बोधन गरेकी हुन् ।

कार्यक्रममा उच्च स्तरीय राजनैतिक व्यक्तित्व, विभिन्न राष्ट्रका राष्ट्र प्रमुखहरु , मन्त्रीहरु, सयुक्त राष्ट्र संघ सदस्य राज्य, संयुक्त राष्ट्र संघका स्थायी पर्यवेक्षक, कर्मचारी, श्रमजीवी संगठन, कर्मचारी संगठन, युवा प्रतिनिधिहरु, शिक्षा, शोध क्षेत्र तथा नागरिक समाजका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

अमात्यले सयुक्त राष्ट्रसंघको ७३ औँ अधिवेसनमा सम्बोधन गरेकाे भिडियाे

“The transitions young people care about are not just from school to work, but from ageist, undemocratic aristocracies to governance structures that are inclusive of all and based upon intergenerational dialogue, participation and collaboration. We do not need individual leaders, we need Collective action based on Universality and Equity.” It was an honor to address to the General Assembly on behalf of the United Nations Major Group for Children and Youth (UN MGCY) at the Opening Segment of the Commemoration of the 100th Anniversary of the International Labour Organization along with H.E. Mr. António Guterres – Secretary-General of the United Nations, H.E. Ms. Maria Fernanda Espinosa – President of the 73rd session of the General Assembly, Mr. Guy Ryder – Director-General of the International Labour Organization, and H.E. Ms. Inga Rhonda King – President of the Economic and Social Council.Here is the video of our collective statement from the United Nations Major Group for Children and Youth (UN MGCY) that linked the discussions and key recommendations from the 8th ECOSOC Youth Forum that convened under the theme “Empowered, Included, and Equal” relating to the Future of Work and SDG 8 (Decent Work and Economic Growth). The UN MGCY is committed to ensuring that all youth have decent jobs, and encourage all Member States to make a commitment to the Global Initiative on Decent Jobs for Youth.

Posted by Jolly Amatya on Wednesday, April 17, 2019

प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com