रुपन्देहीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु



प्रकाशित मिति : Apr 17, 2019

बुटवल । रुपन्देहीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । जिल्लाको कोटहीमाई गाउँपालिकाको मर्यादापुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको हो। मृत्यु हुनेमा १३ वर्षीय भवानी शंकर चौधरी रहेका छन् ।

पश्चिम दिशबाट आउँदै गरेको लु १ ख ५३९९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइललाई ठक्कर दिँदा चौधरीको निधन भएको हो । मृत्यु भएका चौधरीको शवलाई भीम अस्पताल भैरहवामा लगिएको इलाका प्रहरी कार्यालय मझगावाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com