हावाहुरी प्रभावितलाई कांग्रेसको ४१ लाख सहयोग, रकम प्रदेश सरकारलाई हस्तान्तरण गरिने



प्रकाशित मिति : Apr 17, 2019
  • बसन्त खतिवडा,

बारा, ४ बैशाख । बारामा केही दिनअघि आएको बिनासकारी हावाहुरीबाट प्रभावितलाई पुनर्निर्माणका लागि काँग्रेसले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरेको छ । बुधबार बाराको जितपुर सिमरामा काँग्रेसको २ नम्बर प्रदेश कमिटीले हावाहुरी पीडितको राहत र पुर्नब्यवस्थाबारे आयोजना गरेको एक औपचारिक कार्यक्रममा ४१ लाख रुपैँया काँग्रेस बाराको जिल्ला कमिटीलाई हस्तान्तरण गरिएको छ ।

प्रभावित क्षेत्रमै पुगेर काँग्रेसका केन्द्रीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा घोषणा गरिएको २५ लाख सहित प्रदेशका आठ वटै काँग्रेसका जिल्ला सभापतिले एक÷एक लाख दिने घोषणा गरेका थिए ।

यस्तै महेन्द्र नारायण स्मृति प्रतिष्ठानबाट २ लाख, जनसम्पर्क समिति डेनमार्कबाट २ लाख १० हजार, मकाउ जनसम्पर्क समितिबाट ६० हजार, सांसद दिब्यवती राज भण्डारीबाट २ लाख लगायतको रकम सहित संकलन गरिएको ४१ लाख रुपैँया काँग्रेस बाराको जिल्ला कमिटीलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा पार्टी सभापति देउवाको घोषित रकम २५ लाखको चेक बोकेर बारा आएका काँग्रेसका उप सभापति बिमलेन्द्र निधीले यो संकलित रकम राहत भन्दापनि वर्षात अघि नै सुरक्षित बासस्थानका लागि लगाउन बाराका जिल्ला सभापतिलाई आग्रह गर्नुभयो । उहाँले प्रदेश र केन्द्र सरकारको तालमेल नमिल्दा पीडितको ब्यवस्थापनका लागि ढिलाई भइरहेको भन्दै आपक्ति ब्यक्त गर्नुभयो ।

उहाँले पीडितलाई अन्योलमा नपार्न दुबै सरकारलाई आग्रह गर्दै प्रभावित क्षेत्रमा मानवीय क्षतिसहित अन्नबाली र पशुधनबारेको क्षतिमा सरकारले ध्यान नपुगको टिप्पणी पनि गर्नुभयो ।

संकलित रकम बाराका काँग्रेस सभापति जयचन्द्र चौरसियालाई नगद र चेक सहित हस्तान्तरण गरिएको छ । रकम बुझ्दै चौरसियाले सो रकम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बताउनु भयो ।

उहाँले केन्द्र भन्दापनि प्रदेश नम्वर २ लाई नै यस बिपत्तिको सामाना र समाधान गर्नुपर्ने नैतिक जिम्मेवारी रहेका हुँदा सो रकम प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने प्रष्ट पार्नुभयो ।
यद्धपि केही अन्य जिल्लाका पार्टी सभापतीहरुले भने प्रदेश सरकारको आलोचना गरेका छन् । उनीहरुले प्रदेश सरकारले गहन रुपमा जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संकलित रकम समेत प्रदेशलाई दिए हिनामिना हुने भन्दै पार्टीले नै जस् लिने गरी र पार्टीको पहिचान हुनेगरी राहत र पुर्नबासको ब्यवस्थापनको काममा जुट्नुपर्ने धारण राखे ।

कार्यक्रममा निधि सहित काँग्रेसका प्रदेश दुईका सबै प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, आठ वटै जिल्लाका पार्टी सभापति, निर्वाचित मेयर÷उपमेयर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जितपुरसिमराका काँग्रेस नगर सभापति श्यामबाबु गुप्ताले संयोजन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com