भारतबाट कर छलेर ल्याइएको लाखौंको कपडा बारामा बरामद



प्रकाशित मिति : Apr 17, 2019
  • रमेश सुवेदी,

बारा, ४ बैशाख । बारा जिल्लाको विश्रामपुर गाउँपालिकाबाट–३ स्थित खुदिमा टोलबाट भारतबाट कर छलि गरी ल्याइएको कपडासहित ट्र््याक्टर र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिइएको छ ।

बुधबार दिउँसो ४ः३० बजे छिन्नामस्ता वाहिनी महोत्तरीले दिएको सुचनाको आधारमा सहायक निरीक्षक राजेश फुयाँलको कमाण्डमा खटिएका ७ जनाको मोबाइल टोलीले ना १ त ७७६० सोनालिका ट्र्याक्टर र अनुमानित मूल्य ५ लाख बराबरको कपडासहित चालक नागा यादबलाई नियन्त्रणमा लिएको हो । ट्र्याक्टर चालक २७ वर्षीय नागा यादब भारतको बिहारका स्थानीय बासिन्दा हुन् ।

यसै क्रममा ४ः ४५ बजेको समयमा सोही विश्रामपुर गाउँपालिका–३ बाट नै ना ४ त ३३ २८ नम्बरको ट्र्याक्टरलाई पनि अनुमानित पाँच लाख एक हजार मूल्य बराबरको अबैध कपडासहित नियन्त्रणमा लिइएको छ ।

ट्र्याक्टर चालक वर्ष ३२ का मुनेलाल परेललाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com