वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन



प्रकाशित मिति : Apr 17, 2019

काठमाडौँ । नेपाल समाचार पत्र दैनिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ । पत्रकार श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधवार बिहान ११ बजे निधन भएको हो ।

पत्रकार श्रेष्र्ठ बिगत पाँच महिनादेखि बिरामी रहेका थिए । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर दिउँसो भूगोलपार्कमा राखिने जनाइएको छ। श्रद्धाञ्जली लगत्तै आज बुधवार ३ बजे नै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने पारिवारिक स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com