प्राध्यापक ओझामाथि दुव्र्यवहार गर्नेहरुमाथि कारवाही गर्न प्राध्यापक संघको माग



प्रकाशित मिति : Apr 16, 2019

चितवन, बैशाख ३ । प्रजातन्त्रवादी प्रध्यापक संघले चितवनको भरतपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक विष्णुराज ओझामाथि भएको दुव्र्यवहारका दोषीहरुलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

गत चैत २१ गते कृषि संकायको छैटौँ सेमिस्टरका विद्यार्थीहरुले ओझामाथि कालोमोसो दलेको घटनाप्रति भत्र्सना गर्दै प्राध्यापकहरुले घटनामा संलग्न ६ जना विद्यार्थीलाई तत्काल कारबाही गर्नुपर्ने बताएका हुन् । घटनाका दोषीहरुलाई किटानी जाहेरी दिँदा समेत पक्राउ नहुनु तथा ती विद्यार्थीहरुले सार्वजनिक सञ्चार माध्यममार्फत अभिव्यक्ति दिइरहेको भन्दै प्राध्यापकहरुले आज पत्रकार सम्मेलन गर्दै स्थानीय प्रशासनमाथि नै शंका उब्जिएको बताए । घटनालगत्तै दोषीलाई कारबाहीको माग गर्दै विश्वविद्यालयको परीक्षा समेत बन्द गराइएको छ ।

पीडित प्राध्यापक विष्णुराज ओझाले आफ्नो आँखाको अप्रेशन गर्नुपर्ने भन्दै तीन दिन पढाएर बाँकी कक्षा अप्रेशन पछि पढाउँछु भनेर डिनलाई समेत जानकारी गराएर विदा लिएको बताउनुभएको छ । घटनामा दोषी भनिएका सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेललाई कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले बैशाख २ गते सूचना जारी गर्दै ६० दिनका लागि निलम्बन गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com