बलिरहेको घुप खाटको कपडामा सल्किदा १ जनाको मृत्यु



प्रकाशित मिति : Apr 16, 2019

दाङ । मच्छेर धपाउनको लागि बालिएको धुपले खाटको कपडामा सल्किदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाँउपालिका ७ सिसहनियाका ८० वर्षीय चिउरखन चौधरी रहेका छन् ।

धुपमा बालिएको आगो चौधरी सुतिरहेको खाटको कपडामा लागि आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।राती करिब ९ बजे लागेको आगलागीबाट चचौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com