पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते अर्का एक जनाको पनि मृत्यु



प्रकाशित मिति : Apr 16, 2019

काठमाडाै‌ । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका अर्का युवक प्रकाश चौधरीको मृत्यु भएको छ ।

गत बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहको विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट घाइते भएका प्रकाशलाई उपचारको लागि विराट नर्सिङ होममा राखिएको थियो ।

शाहको शुरक्षार्थ खटिएका सुरक्षाकर्मी सवार गाडीको ठक्करबाट गत बुधबार हेम चौधरी र प्रकाश चौधरी घाइते भएका थिए। हेमको उपचारकै क्रममा बुधवार नै निधन भएको थियाे भने उपचाररत प्रकाशको पनि गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

ब्यापारको सिलसिलामा मोटरसाइकलमा गुडिरहेका दुवै जनालाई सशस्त्र प्रहरीका जवान दीपेन्द्र लम्सालले चलाएको गाडीले ठक्कर दिएको थियो । हाल यता दुर्घटनाबारे पूर्वराजा शाहको सचिवालयले दुर्घटना शाह चढेको गाडीले नभई सुरक्षाकर्मीको गाडीको ठक्करबाट भएको भनीै प्रष्ट्याएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com