लगानीकर्ता उत्साहित हुँदा परिसूचक र कारोबार दुबै बढ्यो



प्रकाशित मिति : Apr 16, 2019

काठडौँ । मंगलबार शेयर बाजरमा परिसूचक नेप्सेमा उच्च वृद्धि भएको छ । बजारमा लगानीकर्ताको चहलपहल बढेपछि कारोबार रकममा पनि वृद्धि भएको छ ।

लगानीकर्ताले शेयरको माग बढाएसँगै मंगलबार परिसूचक नेप्सेमा उच्च वृद्धि भएको छ । कारोबार शुरु भएको २ घण्टा सम्म स्थिर जस्तै रहेको परिसूचकमा त्यसपछि वृद्धि हुँदा नेप्से २३ दशमलव ३३ अंकले बढेर १ हजार २ सय १२ अंक माथि बन्द भएको थियो । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ४८ अंकले बढेको छ ।

बैंकको ब्याजदरका कारण प्रभावित भएको शेयर बजार पछिल्लो समय बैंकहरुको नाफा अझै बढ्ने आकलन लगानीकर्ताले गर्दा बैंकहरुको शेयरको माग बढेको छ । तेस्रो त्रैमास सकिएको र कतिपय बैंकहरुको नाफा बढ्ने आकलन लगानीकर्ताले गरेका हुन् । त्यस्तै ब्याजदरमा पनि बेस रेटका कमि आएपछि लगानीकर्ताको मनोबल बढेको देखिन्छ । त्यसैले मंगलबार कारोबार रकम पनि बढेको छ ।

१ सय ७० कम्पनीको ७४ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका सबै परिसूचक बढ्दा पनि नेप्सेमा उच्च वृद्धि देखिएको हो । एनएमबी बैंकको शेयर कारोबार सबैभन्दा बढी ६ करोड ७० लाख रुपैयाँ बराबरको भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com