शिव परियारको ‘ह्याप्पी ह्याप्पी’ मा सरोज र आश्माको ठुम्का (भिडियो)



प्रकाशित मिति : Apr 16, 2019

काठमाडौं । गीतकार सुरेश वाग्लेको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ बर्ष २०७६को अवसरमा दर्शक तथा स्रोताहरुमाझ वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलका नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा हरि लम्सालको सङ्गीतमा गीतलाई गायक शिव परियारले स्वरबद्ध गरेका छन् ।

गीतको भिडियोमा नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विकसहित टिमको अभिनय रहेको छ, भने गायक परियारको समेत अभिनय देख्न सकिन्छ । सार्वजनिक आधुनिक रोमान्टिक गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन् ।

भिडियोलाई टेकेन्द्र शाहको निर्देशन गरेका हुन्, भने सम्पादन, कलरिङ तथा, भिएफएक्स पनि टेकेन्द्र शाहकै रहेको छ । गायक परियारले आफूले मेहनतका साथ गीतमा न्याय गरेको भन्दै गीतको सफलता प्रति आशा व्यक्त गरेका छन् । गायक परियारको गीतमा पहिलो पटक काम गर्न पाएकोमा सरोज र आस्माले खुसी व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com