यस्तो बनेर आयो गायिका यशोदा र जगदिशको ‘मायामा’ (भिडियो)



प्रकाशित मिति : Apr 16, 2019

काठमाडौं । आसुतोष राईको शब्द तथा संगीतमा नयाँ गीत रिलिज भएको छ । यशोदा खालिङ राई र जगदिश समालको आवाजमा रहेको ‘मायामा’ गीतको भिडियो रिलिज भएको हो ।

‘यशोदा–२’ एल्बममा समाबेश गरिएको ‘मायामा’गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा जाङ्बु शेर्पा र कमला राईले फिचरिङ गरेका छन् ।

भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन्, भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com