उपभोक्ताको हक हितसंग खेलबाड गर्ने जोकोहीलाई कारवाही गरिनेः मुख्यमन्त्री राउत



प्रकाशित मिति : Apr 16, 2019
  • घनश्याम मिश्र

जनकपुर , ३ बैशाख । आम उपभोक्ताको हक हितसंग खेलवाड़ गर्ने जो कोहीलाई प्रदेश सरकारले कडा कानून बनाएर हदै सम्मको करवाही गर्ने मुख्यमन्त्री लालबाबू राउतले बताउनु भएको छ ।

जनकपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राउतले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालको अखाद्य वस्तुको विक्री वितरणमा तत्काल रोक लगाउनु पर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले यस्को नियन्त्रणका लागि ऐन कानून बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

राष्ट्रिय मनाव अधिकार आयोगले गरेको प्रदेश स्तरीय कार्यशालाको उद्घाटन सत्रमा मुख्यमन्त्री राउतले चीन र भारतको उदाहरण दिदै अखाद्य पदार्थ बिक्री वितरण गर्ने जो कोहीलाइ पनि दुई छिमेकी मुलुकमा मृत्युदण्डको सजाय दिने गरिएको चर्चा गर्नुभयो ।

दैनिक उपभोग्य वस्तुको खाद्यमा मिसावट र विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुगेको भन्दै उहाँले ऐन कानून मात्र बनाएर अव काम नहुने भएकोले कानून व्यवहारमा लागू कसरी गर्ने त्यसमा सबै पक्षले ध्यान दिनु पर्ने बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com