ट्रिपरको ठक्करबाट जापानमा एक नेपाली महिलाको मृत्यु



प्रकाशित मिति : Apr 16, 2019

काठमाडौं । जापानमा एक नेपालीको मृत्यु भएको छ । अध्ययनका लागि जापान गएकी ममता मोक्तानको क्याम्पस जाने क्रममा ट्रिपरको ठक्करबाट मृत्यु भएको हो ।

सन् २०१६ देखि जापान नागोया मेकेनको योकाईची सिटीस्थित योक्काईची अफ इन्फरमेशन एण्ड ल्यांव्गेज सेन्मोन गाग्गो कलेजमा अध्ययन गर्दै आएकी मोक्तानले १ महिना अघि मात्रै जापानमा बस्दै आएका पत्रकार राम तामाङसँग विवाह गरेकी थिइन् । विवाह गरेको एक महिनामै उनको मृत्यु भएको हो ।

ट्रिपरको ठक्करबाट मोक्तानको घटनास्थलमै मृत्यु भएको हो । एक महिना अघि मात्रै नेपाल बसेर जापान गएकी थिइन् । राम तामाङ आदिवासी जनजाती विद्यार्थी महासंघ जापानका अध्यक्ष पनि हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com