केही महिना अघि बुबा र आमाको काजक्रिया गरेर कतार फर्किएका दवाडीको मृत्यु



प्रकाशित मिति : Apr 16, 2019

काठमाडौं । दुई बर्ष अघि बैदेशिक रोजगाररीको क्रममा कतार पुगेका एक नेपालीको ज्यान गएको छ । लमजुङ जिल्लाको दुधपोखरी गाँउपालिका बिचौरका इन्द्रप्रसाद दवाडीको सुतिरहेकै अवस्थामा ज्यान गएको हो ।

शनिबार बेलुका खाना खाएर सुतेका दवाडीले साँझ एक्कसी अनौंठो आवाज निकालेको उनका साथिहरुले जनाएका छन् । त्यसपछि उनि छटपटाइरहेका थिए । केही समयपछि उनि आबद्ध कम्पनिको सहयोगमा दवाडीलाई अस्पताल लगिएको थियो । तर अस्पतालमा उनको उपचारको क्रममा उनको निधन भएको लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाकाले बताएका छन् ।

मृतक दवाढी ३ महिना अघि बुबाको र ६ महिना अघि आफ्नो आमाको निधन भएपछि काजक्रियाका लागि नेपाल आएर केही दिन अघि कतार फर्किएका थिए । मृतक दवाडीका श्रीमति साथै एक छोर र एक छोरी रहेका छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com