भालुढुङ्गामा कलात्मक गेट बनाएसँगै बढ्याे पर्यटकको अकर्षण



प्रकाशित मिति : Apr 16, 2019
  • विनय तिम्सीना

इलाम । इलामको पर्यटकीय स्थल भालुढुङ्गामा भालुको मुखको आकृतिको प्रवेशद्वार बनाएसँगै पर्यटकको आकर्षण वढेको छ । इलामको नयाँ पर्यटकीय गन्तव्यको रुपमा रहेको भालुढुङ्गगा इलाम बजारबाट नजिकै रहेकोले पनि इलाम पुग्ने पर्यटकहरु भालुढुङ्गगा सहजै पुग्न सक्छन् ।

इलामको ऐतिहासिक चिया बगानको सुन्दर दृष्य अवलोकन गर्दै भालुढुङ्गा पुग्न सकिन्छ । गाउँको वतावरणमा रमाउनेहरुको लागि होमस्टेको समेत व्यवस्था रहेको भालुढुङ्गा जाने पर्यटकहरुलाई खाने वस्नेको पनि राम्रो व्यवस्था रहेको छ ।

भालुढुङ्गामा रहेको गुफा भित्र ४/५ जना मानिस वस्न सकिन्छ । केही वर्षयता भालुढुङ्गामा पर्यटकको संख्यामा बृद्धिभएको र भालुको मुखको अकृतिको प्रवेशद्वार बनाए सँगै मानिसहरुको भिडभाड लाग्ने गरेको स्थानीय उमेश गौतम वताउँछन् । उनले भने – ‘अहिले त फोटो फ्रेममा फोटो खिच्नेको पनि भिडलाग्ने गरेको छ ।’

भालुढुङ्गा वरीपरी अहिले पिकनिक स्पोट र मनोरम दृष्य अवलोकन गर्न सकिने भएको छ ।पर्यटकहरुले नजिकैको जंगलमा बन्यजन्तु अवलोकन समेत गर्न सक्ने छन् । भालुढुङ्गामा पर्यटकहरुको संख्यामा वृद्धि भए सँगै यहाँका वासिन्दाको जीवनस्तरमा वृद्धि भएको स्थानीय मन्दिरा पराजुली वताउँछिन् ।

भालुढुङ्गा नजिकै रहेका होमस्टेमा पर्यटकहरुले स्थानीय परिकारका खानेकुरा खान पाउनेछन् र इलामको गाउँले वातावरणमा रमाउन पनि पाउने छन् । पर्यटकहरुको लागि भालुढुङ्गा पर्यटन प्रवर्धन समितिले विभिन्न ठाउँमा वस्नको लागि वस्ते ठाउँ पनि बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com