आइसिसी यू-१९ विश्वकप छनोट : रोहितको अर्धसतकमा नेपालले ओमानलाई दियो २ सय ३० रनको लक्ष्य



प्रकाशित मिति : Apr 16, 2019

काठमाडौं । आइसिसी यू-१९ विश्वकप छनोटमा प्रतियोगितामा नेपाली युवा टोलीले ओमानलाई २ सय ३० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

नेपालले टस हार्दै ब्याटिङको निम्तो पाएको थियोे । नेपालले क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबको मैदानमा ४३ दशमलव २ ओभर ब्याटिङ गर्दै सम्पुर्ण विकेट गुमाउँदै २ सय २९ रन जोडेको हाे। दसौं नम्बरमा आएका प्रतिष जिसिले २३ बलमा तुफानी पारी खेल्दै ४ छक्का र २ चौकाको मद्दतले ४१ रन जोड्दा नेपालले ओमान सामु गतिलो स्कोर खडा गरेको हो।

यसअघि नेपाली यु-१९ का रोहितकुमार पौडेलले कप्तानी पारी खेल्दै ७५ रनको उत्कृष्ट अर्धसतकीय पारी खेलेका थिए ।कप्तान पौडेलले ७५ बलको सामना गर्दै ५ चौका र २ छक्का हिर्काएका थिए।

त्यस्तै नेपालका अर्का युवा ब्याट्सम्यान भिम सार्कीले ४३ बलमा १ छक्का २ चौकाको मद्दतले ३९ रनमा आउट भए।

कप्तान रोहित र भिमले छैटौं विकेटका लागी ९३ रनको साझेदारी गरेका थिए। त्यस्तै अभिषेक बस्नेतले १५ रन, रित गौतमले १० रन जोड्दा नेपालका ६ जना ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ ओमानका मुज्जहिर राजा, आजम अलि, जिल टन्न र संजय अर्बिन्दले समान दुई दुई विकेट चट्काएका थिए । नेपालले दिएको दुई सय ३० रनको लक्ष्य सहित ओमान ब्याटिङ गरिरहेको छ ।

मलेसियामा जारी विश्वकप छनोटमा नेपालसहित ६ राष्ट्रले सहभागिता जनाएका छन्। सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्ष स्थानमा हुने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ।

हाल नेपाल नेपाल ३ खेल खेलिसक्दा ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। त्यति नै खेलबाट यूएई भने ६ अंकसहित शीर्षमा छ। दोस्रो खेलमा नेपाल यूएईसँग डिएल म्याथडका आधारमा एक रनले पराजित भएको थियो ।

तुलनात्मक रुपमा यस छनोटमा नेपाल बलियो मानिए पनि यूएईविरुद्धको खेलमा वर्षाले बिथोलेपछि नेपाल डिएल म्याथडका आधारमा एक रनले पराजित भएपछि उक्त खेलमा नेपालले २ अंक गुमाएकाे थियाे । अनि यूएईको विश्वकप छनोट हुने सम्भावना बढेको छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com