लेकसाइडस्थित होटलमा एक युवती बलात्कारको अभियोगमा ४ जना पक्राउ



प्रकाशित मिति : Apr 16, 2019

पोखरा । २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । लेकसाइडस्थित होटलमा चार जनाले एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको प्रवक्ता रवीन्द्रमान गुरुङ रहेका छन् ।

सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोमबार नै चारजनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com