जीप दुर्घटनमा परी एकको मृत्यु ११ घाइते



प्रकाशित मिति : Apr 16, 2019

उदयपुर । उदयपुरमा जीप दुर्घना हुँदा एक जनाको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका १ मा कटारीबाट मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप जीप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ४५ वर्षीय केशीमाया परियार रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सामान्य घाइते भएका हरुको कटारी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

जीपमा सवार १२ जनामध्ये २ जनालाई उपचारका लागि काठमाण्डौ र एकजनालाई विराटनगर लगिएको छ । दुर्घटना के कारणले भएको भन्ने कुरा खुलेको छैन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com