विश्वकै दुर्लभ प्रजातिकाे एक कछुवाको मृत्यु, अब संसारमा ३ वटा मात्रै बाँकी



प्रकाशित मिति : Apr 16, 2019

काठमाडौं । विश्वकै दुर्लभ प्रजातिमा पर्ने एक पाेथि कछुवाको चीनमा मृत्यु भएको छ । यो प्रजातिको कछुवा विश्वमै ३ ओटा मात्रै रहेको अनुसन्धाकर्ता बताउछन् । यो प्रजातिको कछुवाको अस्तित्व जोगाउन चीनमा सो कछुवाको गर्भधारण गराउने प्रयास गरिएको थियो । तर गर्भधारण सफल नभई यसको मृत्यु भएको हो ।

विश्वमै अतिदुर्लभ मानिने यो प्रजातिको कछुवाको खपटा नरम हुने गर्दछ । यो कछुवालाई चीनको दक्षिणी क्षेत्र सुजो चिडियाखानामा राखिएको थियो । यसको मृत्यु भएसँगै अब संसारमै तीन ओटा मँत्तै छन् ।

विज्ञहरुका अनुसार यसलाई ९० वर्षको सो कछुवालाई यसअघि चारपटक कृत्रिम गर्भधान गरिएको थियो । र पाँचौ पटक गर्भधानको प्रयास गरिकएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com