नेपालले चौथो खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दै



प्रकाशित मिति : Apr 16, 2019

काठमाडाैँ । आईसीसी अण्डर नाइन्टिन एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोटको चौथो खेलमा नेपालले चौथो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दा छ ।

मलेसियामा जारी छनोट खेल बिहान पौने आठ बजेबाट शुरु भइसकेकाे छ । प्रतियोगिताका तीन खेल मध्ये दुई खेल नेपालले जितेको छ ।

हिजो भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको थियो । मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले दुई विकेट गुमाउँदै १३ ओभरमा पुरा गर्यो । ३३ ओभर ५ बलमा पूरै विकेट गुमाउँदै मलेसियाले ९२ रन बनाएको थियो । नेपालका लागि रित गौतमले अविजित रहँदै सर्वाधिक ३९ रनको योगदान गरे । उनले ४५ बल खेल्दै ५ चौकाको सहयोगमा ३९ बनाएका हुन् । त्यस्तै आशिफ शेखले २६ रन जोड्दा पवन सरार्फले १९ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको मेलेसियाका लागि लेजाड ड्यानियल फकिरीले सर्वाधिक ३७ रनको योगदान गरे । ५५ बल खेलेका उनले ३ चौका र १ छक्काको सहयोगमा ३७ रन बनाएका हुन् । त्यस्तै कप्तान मोहमद अमिरले १३ रन जोड्दा हाकिम हर्शनले १० रनको योगदान गरे । मलेसियाका लागि त्यस बाहेक कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका पवन शराफ र कौशल मल्लले सर्वाधिक तीन–तीन विकेट लिए । त्यस्तै कमल सिंह ऐरीले दुई विकेट लिदा सागर ढकालले एक विकेट झार्न सफल भए ।

मलेसियाविरुद्ध जित निकाल्दै नेपालले विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ । नेपालले ३ खेलबाट ४ अंक जोडेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com