अबको बीस दिनमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे भईसक्ने



प्रकाशित मिति : Apr 16, 2019

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पूगेको छ । विमानस्थल निर्माणको आयोजनाका अनुसार अब २० दिन भित्र धावनमार्ग कालोपत्रे सकिने भएको छ । यसअघि वर्षा तथा हावाहुरीका कारण कालोपत्रे गर्न समस्या भएको आयोजनाले जनाएको छ । धावनमार्ग तीन किलोमिटर लम्बाइको छ । अन्तिम सतहको कालोपत्रे साढे सात सेन्टिमिटरको हुनेछ ।

धावनमार्गको अन्तिम चरणको कामसँगै ‘ट्याक्सी वे’ पनि कालोपत्रे गरिने विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

“कुनै बाधा अवरोध नआए २० दिनमा धावनमार्ग निर्माण सम्पन्न हुन्छ”, उनले भने । योसँगै धावनमार्ग ‘ट्याक्सी वे’ सँग जोडिने खबर काम आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com