आठौं राष्ट्रिय खेलकुद : टिम ईभेन्ट्समा महिला तर्फ एपिएफ र पुरुष तर्फ सेनालाई स्वर्ण



प्रकाशित मिति : Apr 15, 2019

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा महिला टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पार्यो । एपिएफले सेनालाई २ – १ ले पराजित गर्दै स्वर्ण हात पारेको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक पाए । सुदूरपश्चिम सेना संग र प्रदेश १ एपिएफ संग समान २ – ० को सोझो सेटमा पराजित हुंदै तेश्रो स्थानमा खुम्चिन बाध्य भयो ।

पुरुष टिम ईभेन्ट्स तर्फ सेनाले निकै कठिनका साथ स्वर्ण हात पार्न सफल भयो । सेनाले एपिएफलाई ३ – २ ले पराजित गर्दै स्वर्ण हात पारेको हो ।

टिम ईभेन्ट्सको पुरुष एकल तर्फ राष्ट्रिय नम्बर एक खेलाडी रत्नजित तामाङ्खलाई एपिएफका दिपेश धामीले २१ – ११, २१ – १२ अंकका साथ सहज पराजित गर्दै खेललाई १ – ० को अग्रता दिलाए । एक गेमको अग्रता लिएको एपिएफका सुदीप सेढाईलाई सेनाका नविन श्रेष्ठले पराजित गर्दै खेल एक एक को बराबरीमा ल्याएका थिए ।

खेललाई आफ्नो पक्षमा पार्ने क्रममा एपिएफका गौतम कठायतले पुन सेनाका प्रफुल महर्जनलाई पराजित गर्दै खेललाई २ – १ मा पुर्याए । पुनः पुरुष एकलमा हार ब्यहोरेका रत्नले नविन श्रेष्ठ संग मिलेर टिम ईभेन्ट्सकै पुरुष जोडीमा एपिएफका दिपेश धामी र विजित थापा मगरको जोडीलाई पराजित गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

अन्यमा सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेढाईको जोडीलाई पराजित गर्दै ३-२ सेटका साथ सेनाका लागि स्वर्ण जोडेका थिए ।

पुलिस र सुदूर पश्चिम पुरुष टिम ईभेन्ट्स तर्फ संयुक्त रुपमा तेश्रो स्थानमा रहे । एपिएफले सेमिफाईनलमा पुलिसलाई ३ – ० को सोझो सेटले पराजित गरेको हो । यस्तै सेनाले सुदूरपश्चिमलाई ३ – १ ले पन्छाउँदै फाइनल यात्रा तय गरेको हो ।

सुदूरपश्चिमका प्रिन्स दाहालले नम्बर एक खेलाडी रत्नजितलाई २१ – १८, २१ – १४ ले पाखा लगाउँदै फाईनल प्रवेश गर्ने आशा दिलाएता पनि अन्य खेलाडीहरुले दाहालको लयलाई समात्न नसकेका कारण सेनालाई जित सुम्पना बाध्य भयो ।

घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलमा पुलिसका पूर्ण बहादुर बोहराले प्रदेश ३ का भोज बहादुर गुरुङ्खलाई २१ – १३, २१ – १२ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।

यस्तै प्रदेश ५ का बिश्व नेपाल र पुलिसका जिवन आचार्यको जोडी पनि दोश्रो चरण प्रवेश गर्न सफल भए । बिश्वले सुदूरपश्चिमका प्रियांशु सिंह क्षेत्रीलाई ११-२१, २१-१३, २१-६ ले तथा जीवनले प्रदेश ३ का निश्चल बस्नेतलाई २१-७, २१-११ ले पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com