२ बैशाख २०७६, सोमबार
  • दिलिप सहनी

सिरहा । सिरहाको सदरमुकामस्थित राज महिसोथामा आज (सोमबार) ऐतिहासिक सलहेश मेला लागेको छ । मेला लागेको स्थानमा राजा सलहेशको राज दरवार रहेको थियो । अहिले पनि उनी कुस्ती (पहलवानी) खेल्ने अखाडा र उनका कुल देवताको पूजा गर्ने गहवर अवस्थित छन् ।

यहाँ प्रत्येक वर्षको बैशाख शुक्ल पक्षको दिन विशेष मेला लाग्ने गर्छन् । सलहेश गहवर सिरहामा पूजापाठ गर्ने श्रद्घालुहरुको विहानैदेखि भिड लाग्ने गर्छ । सिरहा सदरमुकाममा लाग्ने सलहेश मेला भर्न भारतको विहार राज्यका विभिन्न स्थानहरुबाट हजारौं श्रद्धालु दर्शानार्थीहरु आउने गर्छन् । सलहेश गहवरमा भाकल गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहदैँ आएको छ ।

लोक नायक राजा सलहेश गाथाका अनुसार राजा सलहेशका राजधानी राज महिसोथा गढ थिए । उनी दरबारबाट कमलदह पोखरीमा स्नान गर्थे, अखाडामा कुस्ती खेल्थे र उनी आफ्नी प्रेमिका मालिनीसँग वनविहार गर्न लहान स्थित सलहेश फुलवारी पुग्ने गर्थे र राजा सलहेशले एकैदिनमा मानिकदह पोखरीमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिल्हट अखाडामा कुस्ती खेल्ने, सलहेस गढमा कुलदेवी देवताको पूजा गर्ने र प्रजाका पीर–मर्का सुन्ने गरेको किंवदन्ती रहेको छ ।

LIVE TV