आठौं राष्ट्रिय खेलकुल अन्तर्गत महिला बास्केटबल तर्फ सेमिफाइनल समीकरण पूरा



प्रकाशित मिति : Apr 15, 2019

काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलको सेमिफाइनल समीकरण सोमबार पूरा भएको छ । सेमिफाइनमा प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ ।

लिगको अन्तिम दिन प्रदेश ३ ले प्रदेश ५ लाई ४७–१२, आर्मीले प्रदेश ४ लाई ५९–३१, सुदूरले प्रदेश १ लाई ३३–२९ र प्रहरीले एपीएफलाई ५७–३५ ले हराए । प्रदेश ३ की सदिना श्रेष्ठले १३, आर्मीकी सुमन्ता खड्काले १५, प्रदेश ७ की अनिता भण्डारीले १७ र प्रहरीकी एलिशा मल्लले १५ स्कोर गरका थिए ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com