‘आफ्नै मृत्युको समाचार सुन्दा मज्जा लाग्याे, दोस्रो जीवन बाँचिरहेकाे छु जस्ताे लाग्छ’ : राष्ट्रकवि घिमिरे



प्रकाशित मिति : Apr 15, 2019

काठमाडाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफूले आफ्नै मृत्यु भएको समाचार सुन्दा रमाइलो लागेको बताउनुभएको छ । न्यूज २४ टेलिभिजनसँगको अन्तर्वार्तामा उहाँले आफू मरेको समाचार सुन्दा कस्तो लाग्यो भन्ने प्रश्नमा उहाँले आफ्नै मृत्युको समाचार सुन्दा रमाइलो लागेको बताउनुभएकाे हाे ।

उहाँले आफूले दोस्रो जीवन जिइराखेकाे जस्ताे भएकाे पनि बताउनुभयाे । आफू मरेको समाचार सुन्न पाउनु त मेरो लागि सबै भन्दा मजाकाे कुराे हाे, दोस्रो जीवन जिइराखेको छु जस्तो लाग्छ ।’ उहाँले भन्नुभयाे, ‘ त्यसलाई ठट्टाको रूपमा नलिउ साँचै त्यो बेलामा मेरो जीवन खत्तम भएको भए लोकतन्त्र हेर्न पाउँथे ? के ब्लक होला साँच्चैको रहेछ भन्ने सुन्न पाउँथे ? धेरै बाँच्दा मान्छेले राम्रो-राम्रो कुराहरू देख्न पाउने रहेछ ।’

उहाँले आफ्नाे मृत्युको समाचार फैलाउनेलाई धन्यवाद दिएकाेसमेत बताउनुभयाे । उहाँले भन्नभयाे, ‘मेराे मृत्युकाे हल्ला चलानेलाई धन्यवाद दिएको छु ।, मेरो मृत्युको हल्ला जसले चलायो नि उसलाई धन्यवाद दिएको छु । उसले कुन अभिप्रायले चलायो तर म के सम्झन्छु भने मरिसकेको मन्छेलाई भुल्ने हो की हरौँ भन्ने अभिप्रायले जस्ताे लाग्छ ।’

उहाँले मर्नको लागि आफूलाई डर नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले बाच्न चाहेकै सय वर्ष त्यति बाचिसके अरू के नै चाहियो र ?’

उहाँले आफूले जति चाहेको त्यति स्वास्थ्य नभएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे ‘आफूले जति चाहेको त्यति स्वस्थ छैन, सुन्नुमा कम हुन्छ, बोल्नुमा कम हुन्छ, तर पनि सय वर्षको मान्छेको पनि यतिको स्वास्थ्य पाउनु भनेको भगवानको वरदान हो ।’

मान्छे सय वर्ष बाच्नु भनेको स्वाभिक र आर्चयजनक दुवै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो वेदले पनि सय वर्षसम्म बाचौँ भनेको छ, हामी सय वर्षसम्म बाच्नै पर्छ तर देशको औसत आयु हेर्दा म धेरै बाँचे ।’

उहाँले बाच्नुको अर्थ सास फेर्नु मात्रै नभएकाे पनि बताउनुभयाे । ‘बाच्नुको अर्थ सास फेर्नु मात्रै होइन पृक्रतिकले दिएको सौदर्य छ, सामाजिक सद्भाव दिएको छ, मान्छेहरूले माया दिएको छ यी सबै यथावत् रहँदा रहँदै बाच्नु भनेको ठूलो कुरा हो ।’ उहाँले भन्नुभयाे, ‘साँच्चै अर्थमा म बाँचे ।’

हामीले र यो देशले नयाँ युगमा प्रवेश गर्न धेरै बाँकी रहेको बताउनुभयो । ‘धेरै सोचाइहरू छन् , त्यसमा पनि एउटा चिजलाई लिएर मात्रै गर्याै भने उन्नति कहिल्यै हुँदैन ।’ उहाँले भन्नुभयो ।

राजनीतिक दलहरूले सत्तामा पुगेपछि सबैले आफूले गरेको प्रतिबद्धता भुल्ने गरेकोले विकास हुन नसकेको बताउनुभयो । जुनसुकै तन्त्र आउँदा पनि जनताको निम्ति युग परिर्वतनको निम्ति काम गर्नु पर्ने उहाँकाे भनाइ छ । ‘क्ति र पार्टी कहाँ पुग्यो भन्ने होइन देश कहाँबाट कहाँ पुग्यो समाज कहाँबाट कहाँ पुग्यो र सामाजिक परिर्वन कति भो भन्ने विचार गर्नु पर्ने बताउनुभयो ।

बाँकी भिडियाेमा हेर्नुहाेस्


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com