२ बैशाख २०७६, सोमबार
  • घनश्याम मिश्र

जनकपुर । मिथिला क्षेत्रमा लोप हुँदै गइरहेको परम्परागत मौलिक पर्वमध्येको एक जुड़शीतल पर्व रक्षार्थ आज जनकपुरमा राजनीतिककर्मी, साहित्यकार, पत्रकार र युवाहरुले सामूहिक रुपमा अनुहारमा माटो पाेतेर र पानी छ्यापेर मनाएका छन् ।

सेभ हिस्टोरिकल जनकपुरको अगुवाईमा आज (सोमवार ) विहान जनकपुर स्थित गंगा सागर पोखरिको पश्चिम पट्टीको घाटमा जुड़शीतल पर्व मनाईएको हो ।

ठूला बड़ाले आफू भन्दा कांन्छोलाइ टाउकोमा पानी छ्यापेर मुखमा माटो दलेको दृश्य हेर्न भीड़ नै लागेको थियो ।

मिथिलामा जुड़शीतल पर्वको आफ्नो छुटै महत्व रहेको र यसकाे वैज्ञानिक कारण समेत भएको भन्दै कार्यक्रमका वक्ताहरुले पानीलार्इ संरक्षण गर्न जोड़ दिएका छन् ।

कार्यक्रममा वरिष्ठ अर्थविद् प्रध्यापक भोगेन्द्र झाले माटोप्रतिको स्नेह र प्रकृति संरक्षणका साथै श्रमशीलता बढोश भनेर ठूला बड़ाले पानीले सिंचित गर्ने गरेको बताउँछन् ।

नव वर्षको अवसरमा वैशाख २ गते अर्थात् आजको दिन एकाबिहानैदेखि बुवाआमा, गुरु, मान्यजन एवं जेष्ठले आफूभन्दा सानालाई शिरमा एवं तालुमा जल सिंचित गर्दै थपथपाएर आशीर्वाद दिने गर्दछन् ।

जुड़शीतल पर्वको अवसरमा सेब हिस्टोरिकल जनकपुरले स्थानीय युवाकलवलाई रुख समेत हस्तान्तरण गरेको छ ।

वर्षभरि सितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवं जेष्ठले आफूभन्दा सानालाई आशिर्वाद दिने गर्छन् ।

तर पछिलो समय हराउदै गएको यो जुड़शीतल पर्वलाइ संरक्षण गर्न पनि यस प्रकारको कार्यक्रम आयोजन गर्ने गरेको नागगरिक सामाजको अगुवा अमरचंद्र अनिलको तर्क रहेको छ ।

आजका दिन रुखविरुवामा पनि पानी सिंचित गर्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । आज एकदिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउनुको साथै घर घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवा लगायतको भोजन परिकार बनाएर खाने पौरानिक प्रचलन छ ।

आज जुडशितल पर्व मनाउन प्रदेश २ सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

LIVE TV