१ बैशाख २०७६, आईतवार
  • घनश्याम मिश्र

बैसाख, १ जनकपुरधाम । टाउकोमा ढाका टोपी, साईकलमा चन्द्र सूर्य अंकित नेपाली झण्डा र रातो वस्त्र धारण गरेर जनकपुरबाट चैत्र २२ गते साईकल यात्रामा निस्केका रञ्जीत साह आज ताप्लेजुंग ‘पाथीभरा’ भगवतीदेखि जनकपुरको लागि पैदल यात्रा सुरु गरेका छन ।

सात दिन लगाएर पाथीभारा ५८४ किमी खाली खुट्टा साईकलमा पुगेका रञजीत नयाँ वर्षको दिन आज भगवतीको दर्शन ग़री साईकलबिनै खाली पैदल खालि खुट्टै विदा भएका छन । पाथीभारा भगवातीलाइ साईकल चढाएर आज जनकपुरको लागि विदा भएको रञ्जीतले बताएका छन् ।

पैदल हिडेर जनकपुर आउन झन्डै दश सम्म लाग्न सक्ने रञ्जीतले फ़ोन मार्फत सञ्चारकर्मीलार्इ जानकारी दिँदै साहले भने आउने बित्तिकै पहिले जानकी दर्शन गर्ने र त्यसपछि मात्र अन्य स्थान जाने भने ।

राष्ट्रिय एकता र सामाजिक सद्भावको संदेश लिएर जनकपुर ४ निवाशी रञ्जीत साह आज भन्दा नौ दिन अगाडि चैत्र २२ गते जानकी मञ्दिर जनकपुरधामबाट ताप्लेजुंगको पाथीभरा भगवतीको दर्शनका निमित्त ५८४ किलोमीटरको साईकल यात्रामा निस्केका थिए ।

रञ्जितलाई प्रदेश २ का प्रदेश प्रमुख रत्नेस्वर लाल कायस्थले जानकी मन्दीर मिथिलाको पाग , मधेशको गमछा र माला लगाई विदाई गरेका थिए । रञ्जीत यस अघि पनि थुप्रै पटक विभिन्न संदेशहरु बोकेर जनकपुर वाट काठमाडू पशुपति नाथ, मुक्तिनाथ, भारतको अयोध्या(बनारश र विभिन्न स्थानहरुमा सफल यात्रा तय ग़री सकेका छन र पछिलो पटक जनकपुरधाम वाट २२ दिनको लक्ष्यसहित ताप्लेजुंगको पाथीभारा भगवाती दर्शनको निमित निस्केका थिए ।

आज जनकपुरका लागि विदा भएका रञ्जीतलाइ पाथीभरामा सुरक्षाकर्मीहरुले फूल(माला र नेपाली झन्डा देखाएर विदा गरेका छन ।

LIVE TV