१ बैशाख २०७६, आईतवार

काठमाडाैँ । नयाँ वर्ष २०७६ को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिनुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न वि.सं. २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै, उपराष्ट्रपति नन्द बहादुर पुनले नयाँ वर्षले सकरात्मक सोच र उर्जा प्रदानको कामना समेत गर्नुभएको छ ।

यसैगरी नयाँ वर्षकाे शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले समेत समृद्ध नेपाललाई साकार पार्ने योजना पुनः दोहोर्याउनु भएकाे छ । उहाँले सरकारले उक्त नारा पुरा गर्न लागिपरेको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

यता, कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकलाई सबै प्रकारको निकास दिन सहमति, सहकार्य र एकता आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षकै पहिलाे दिन जनताको नाममा विशेष सम्बोधन गर्नुभएकाे छ ।

LIVE TV