फेवातालको पेरिफेरिमा रहेको केदारेश्वर महादेव मन्दिर पोखराको आकर्षणको अर्को नमूना (भिडियो)



प्रकाशित मिति : Apr 13, 2019

फेवातालको पेरिफेरिमा रहेको केदारेश्वर महादेव मन्दिर पोखराको आकर्षणको अर्को नमूना

कास्की । प्रकृतिको सुन्दर फुलबारी पोखराको सुन्दरता आफैमा अपार छ । त्यसमाथि यही सुन्दरतामा मानव निर्मित बिभिन्न पक्षले थप सुन्दरता र आकर्षण पनि थपेका छन् । पोखरा पुग्नेहरुलाई फेवाताललाई अघाउन्जेल नहेरेसम्म चित्त बुझ्दैन पनि । त्यही फेवातालको पेरिफेरिमा रहेका कोमागाने पार्क र केदारेश्वर महादेव मन्दिर आकर्षणको अन्य नमूना हुन् । कोमागाने पार्क भित्र बनाइएको केदारेश्वर महादेवको मन्दिर लगभग १ सय २० बर्ष भन्दा पुरानो मानिएको छ ।

भारतको उत्तराञ्चलमा रहेको केदारनाथ धामबाट एक प्रतिकको रुपमा शंकरानन्द सरस्वतीले हिन्दू धर्मालम्बीहरुलाई केदारनाथ दर्शनका लागि भारतसम्मको यात्रा गर्न नपरोस भन्ने हेतुले केदारेश्वर महादेवको मन्दिरको स्थापना गर्नुभएको भनाइ छ । त्यसैले पनि यो मन्दिरलाई गण्डक प्रदेशकै सर्व प्राचीन र दिव्य शक्ति भएको मन्दिर मानिदै र पूजिदै आएको छ ।

स्मार्ट शहर बन्ने प्रयासमा रहेको पोखरा महानगरको वडा नम्बर ४ मा देखियो यस्तो उत्साह

पोखरा । स्थानीय तह गठन हुनुको मज्जा अहिले धेरै स्थानीय तहका वासिन्दाहरु लिइरहेका छन् । विकास निर्माणको कार्यमा प्रत्यक्ष सहभागी बन्न पाउँदा स्थानीयवासी थप उत्साहित भएका छन् । जनताको प्रत्यक्ष सहभागिता र सहकार्यमा गरिएको विकास निर्माणका कामहरु दिगो मात्र नभइ विवादरहित पनि हुने गर्छन ।

स्मार्ट शहर बन्ने प्रयासमा रहेको पोखरा महानगरपालिकाको वडा नम्बर ४ मा अहिले यस्तै उत्साह देखिएको छ । विकास निर्माणका हरेक काममा वडावासीको छलफल , सुझाव र सहकार्य अनिवार्य झै बनाइए पछि वडा नम्बर ४ ले काँचुली फेर्ने सम्भावना बढेको छ । पोखरालाई वास्तवमा नै हाम्रो पोखरा राम्रो पोखरा बनाउन प्रत्येक वडाहरु नै क्रियाशील बनेपछि पोखराको मुहारमा थप मुस्कान छरिने निश्चित देखिएको छ ।

खुइले डाँडा पोखरामा थपियो पर्यटकका लागि अर्को रमाइलो गन्तव्य

पोखरा । पोखराका प्रत्येक पाइला पाइलामा पर्यटकीय रोजाईका ठाउँहरु भेटिन्छन् र देखिन्छन् । तर पोखरा महानगरपालिका भने अझै पनि नयाँ नयाँ गन्तव्य खोजेर थाकेको छैन । पर्यटकको आकर्षण थप चुल्याउन र उनीहरुको पोखरा बसाईलाई लम्ब्याउन महानगरले नयाँ गन्तव्य खोज्ने र त्यसलाई पर्यटकीय आवरण दिने अभियान नै चलाएको छ ।

यही मेसोमा अहिले महानगरको ध्यान खुइले डाँडातिर तानिएको छ । महानगरको २९ वडामा पर्ने खुइले डाँडामा महानगर नयाँ नयाँ योजना बनाएर अघि बढेको छ । पोखरा शहरबाट सबभन्दा नजिकको डाँडाकोरुपमा रहेको यो डाँडाबाट सुन्दर हिमाली श्रृंखलासहित पोखरा शहरको दृश्यावलोकन अति आकर्षक गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com