हरेक कुरालाई सकारात्मक ढंगबाट हेर्न सक्नु नै सबभन्दा ठूलो सफलता: आनी छोइङ डोल्मा (भिडियाे)



प्रकाशित मिति : Apr 13, 2019

काठमाडौँ । हरेक कुरालाई सकारात्मक ढंगबाट हेर्न सक्दा पाउने सफलता भन्दा ठूलो सफलता अन्य नहोला । त्यो हेर्ने र सोच्न सक्ने क्षमता भएको व्यक्तिले मात्र सक्छ ।

मानव हो त्यसैले सबै वस्तु राम्रो हो भन्न त नसकिएला तर यस्तो सोच भएका व्यक्ति पनि हाम्रो अगाडि नै छन् । जसले जे कुरालाई पनि सकारात्मक रुपमा प्रस्तुत गरिएको छ । गीत संगीत कोही कसैका जीवनसंग मेल खान पुग्छ । कतिपय गीतहरु कोहीको जीवनसंग जोडिएको पनि हुन सक्छ ।

गीत संगीतले मान्छेमा एक प्रकारको छुट्टै आनन्द दिलाउछ । तनावलाई हटाउने प्रयास गर्छ । जीवनलाई खुसी ल्याउने माध्यम मध्य गीत संगीत पनि एक हो । भनिन्छ सकारात्मक सोच बनाएमा रोगबाट पनि टाँढा रहन सहयोग मिल्छ । यस्तै एउटा सकारात्मक सोच विकास गर्न सहायता मिल्ने गीत फूलको आँखामा फूलै संसार ।

जस्तो आँखाले संसार हेर्छ त्यस्तै देख्ने गर्छ । त्यो हेर्ने मान्छेको नजरमा भर पर्ने कुरा हो । त्यस्तै सकारात्मक सोच लिएकी पात्र हुन – आनी छोईङ डोल्मा । जीवन के हो भन्ने प्रश्नमा उनी जीवनलाई जसले जसरी ग्रहण गर्छ त्यो नै जीवन हो भन्ने जवाफ दिन्छिन् ।

उनको अनुहारमा उज्यालो देख्न सक्छौ । त्यो उनी आफैले ल्याएको उज्यालो हो । आनी छोईङ डोल्मा भन्छिन् , ‘बुद्ध धर्ममा कसैले भनेको विश्वास नगर्नु मैले भनेको भनेर पनि विश्वास नर्गनु त्यसमा आफैले अनुभव गरेर समीक्षा गर्नु पर्छ । यही कारण बुद्ध धर्ममा आत्मसमीक्षा गरेर ठीक र सही रहेछ भनेर त्यसको अनुभव गरेपछि मात्र विश्वास गर्नु भन्ने मान्यता छ । ’

फूलको आँखामा फूलै संसार भन्दा कालोलाई सेतो भन्न खोजेको होइन तर कालोको गुण के छ त्यसको सदुपयोग केमा हुन्छ , त्यसको कल्याणकारी शक्ति के छ ? भन्ने जस्ता कुरा हेर्नु हो भन्ने जस्तो लागेको आनी बताउँछिन् । मानवमा भएको रिस ,डाह ,मोह र इष्र्या जस्ता नकारात्मक कुरालाई त्याग्न सकिन्छ त भन्ने हाम्रो प्रश्नमा उनले सकिन्छ भन्ने उत्तर दिदै भनिन् त्यो सबै मन नै हो । ती कुराहरुलाई कम गराउन जव ती कुराहरु आफूसंग हुन हुँदैन भन्ने चेतानाको प्रकृयाको सुरु भएको हुन्छ तव ती कुराहरुलाई कम गर्न सक्ने उनको भनाइ छ ।

छोईङ डोल्माको अहिलेको जीवनसम्म आइपुग्नको कारण भने उनी हुर्केको वातरण रहेछ । त्यो वातावरण हिसांमक बातवरण भएको र त्यसबाट आफु निकै बढी पीडित रहेको बताइन् । उनी ती कुराबाट मूक्त हुन चान्थिन् । उनी पनि सुखी जीवनको चाहाना गर्थिन् त्यसैले उनी यो ठाउँमा पुगेको हुनसक्न उनी बताउछिन् । न्यूज २४ का नियमित प्रस्तुति ६ प्रश्नमा टिभी जर्नलिष्ट अञ्जुला बानियाँले आनी छोइङ डोल्मासंग गरेको कुराकानी विस्तृतमा । भिडियो


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com