३० चैत्र २०७५, शनिबार

काठमाडौं, ३० चैत । बढ्दो शहरीकरणले प्रदुषणमा निम्तिएको चुनौती हो फोहोर । त्यस माथि काठमाडौं शहर त फोहोरको परिचय जस्तै बनिसक्यो । फोहोर व्यवस्थापन नियन्त्रण हुन नसक्दा काठमाडौंले धुलो र हिलोको शहरको उपमा बनाउँदै लगेको छ । तर, ‘मैले बनाएको फोहोर मैंले नै व्यवस्थापन गर्नुपर्छ’ भन्ने सोचसहितको अभियान लिई बुद्धनगरका स्थानीयवासीले प्रत्येक हप्ता फोहोर बटुल्दै सफा शहर अभियानलाई सार्थक बनाउदै लगेका छन् ।

फाहोरमैला व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाको मात्रै नभई प्रत्येक घरका नागरिकको हुने भन्दै काठमाडौं क्षेत्र नं १ बुद्धनगरवासीहरु प्रत्येकहप्ता शनिवार फोहार टिप्न र टोल सफल पार्न जुट्ने गरेका छन् । २०७२ बैशाख ५ गतेदेखि शुरुगरेको फाहोर व्यवस्थापन कार्यक्रम झण्डै २ सय ८ हप्ता पार गरिसकेको छन् ।

स्थानीयहरु एकभई घरवरपरका सबै किसिमका फोहोर टिप्ने र निश्चित ठाऊमा जम्मा गरी महानगरलाई बुझाउने गर्दैआएका छन् । एक समय बुद्धनगरमा जताततै फोहोरको डंगुर देख्ने गरिन्थ्यो । तर अहिले बुद्धनगरले काठमाडौं भित्रका टोलहरुमा सबैभन्दा सफा टोलको उपमा पाएको छ । अब यो अभियानलाई बुद्धनगरमा मात्र सीमित नराखि काठमाडौं क्षेत्र नम्बर एकको अन्य टोलहरुमा पनि अघि बढाइने अभियानका अगुवा एवं पूर्व सांसद मोहनकुमार राई बताउनु हुन्छ ।

काठमाडौं महानगरपालिकाले फाहोरका लागि विभिन्न क्षेत्रमा स्मार्ट डस्कविन राखेको छ । अझै, केही खोला वरपर फोहोर दुर्गन्धितबाट निष्कन सकेका छैनन । फाहोर र धुलोले मास्क विना हिड्न नसक्ने अवस्था केही ठाऊँमा ज्युका त्यु नै छ ।

फोहोरको व्यवस्थापन गर्नु भनेको फाहोर नै नगरौ भन्ने हो । काठमाडौंमा दैनिक १२ सय टन भन्दा बढी फोहोर निष्कन्छ । जसमध्ये ४० प्रतिशत फाहोर पुनः प्रयोग र डिष्पोज गर्न सक्ने अध्ययनले देखाएको छ । महानगरपालिकाले फोहोरमैला व्यवस्थापन शुन्यमा झार्नेसँगै फोहोरबाट मोहोर फलाउने रणनीति अघिसारेको छ । तथापी , व्यवहारमा भने कठिनाई मात्रै नभई चुनौतीनै खडा गरिदिएको छ । तर बुद्धनगरवासीले झै अभियान थाले काठमाडौं सफा पार्न धेरै समय लाग्दैन भन्ने प्रमाण पनि बुद्धनगरले पेश गरेको छ ।

LIVE TV