२९ चैत्र २०७५, शुक्रबार

भरतपुर । चितवन प्रहरीले बेवारिसे अवस्थामा फालिएको एक नवजात शिशुको उद्धार गरेको छ । लगभग तीन दिन अघि जन्मीएको जस्तो देखिने एका शिशुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार सो नवजात शिशु भरतपुर महानगरपालिका–२९ अनमोल होटल अगाडि बेवारिसे अवस्थामा भेटिएको थियो ।

अहिले शिशुलाई पुरानो मेडिकल कलेजमा राखिएको प्रहरीले जाएको छ । शिशुलाइ कपडामा बेरेर राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । शिशुलाई कसले जन्माएर छोड्यो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LIVE TV