२९ चैत्र २०७५, शुक्रबार
  • रामहरि श्रेष्ठ

ओखलढुंगा । खानेपानीको मुहान सुक्न थालेपछि ओखलढुंगाको चिशंखुगढी वडा नम्बर ६ मा खानेपानीको समस्या जटिल बनेको छ । तत्काल समाधानका लागि वडा कार्यालयले ट्याक्टरबाट पानी ढुवानी गर्ने गरेको छ । तर, पर्याप्त पानी पु¥याउन सकेको छैन ।

चिशंखुगढी भदौरेका स्थानीय दुई गग्री पानीले दैनिकी चलाउन बाध्य छन् । पानीका मुहान सुक्न थालेपछि समस्या बढ्दै गएको हो । वडा कार्यालयले तत्काललाई ट्याक्टरबाट पानी ढुवानी गर्दै स्थानीयको घरमा पु¥याउने गरेको छ । तर, पर्याप्त छैन ।

स्वास्थ्य चौकीमा पनि पानीको समस्या जटिल छ । भदौरे स्वास्थ्य चौकीमा खानेपानी खोजेरै पु¥याउनुपर्ने अवस्था रहेको स्थानीय गुनासो गर्छन् । पानी नहुँदा सरसफाईमा समेत समस्या हुने गरेको स्वास्थ्य चौकीले जनाएको छ ।

खानेपानी पु¥याउँदै आएका ट्याक्टर चालक गणेश सुनुवारले स्थानीयको माग अनुसारको पानी पु¥याउन कठिनाई भएको बताए । उनले दैनिक दुई पटक मात्र पानी ल्याउन सम्भव भएको बताए ।

वडा कार्यालयले पानीको समस्याको स्थायी समाधान खोज्न छलफल अघि बढाएको जनाएको छ । दीर्घकालीन समाधानका लागी गाउँबाट करिब ८ किलोमिटर तल पर्ने खार्पे खोलाबाट लिफ्टीङ प्रबिधिको माध्यमबाट पानी ल्याउने विकल्पमा छलफल भएको बताइएको छ ।

अहिले गाउँघरमा भएका साना–साना पानीका मुहानहरु समेत सुक्न थालेपछि एक घर बराबर दैनिक दुई सय लिटर पानी वितरण गरिएको छ । ट्याक्टरले दिनमा दुई पटक अर्थात ८ हजार लिटर पानी ढुवानी गर्दै आएको छ ।

LIVE TV