२९ चैत्र २०७५, शुक्रबार

काठमाडौं । सन् २०२२मा हुने विश्वकप एसियाली मुलुक कतारमा हुँदै छ । सन् २०२२मा हुने विश्व कप र २०२३ मा हुने एसिया कप छनौट गर्नै तयारीमा यतिखेर एसियाली फुटबल महासंघ एएफसी लागेको छ ।

एएफसीले यस अघि विश्वकप र एसिया कप छनोट एउटै प्रतियोगिताबाट गर्ने गरेकोमा यसपटक पनि सोही तरिका अपनाउँदै अघि बढ्ने जनाएको छ । यसैगरी नेपाल फिफा वरीयताको आधारमा सिधै दोस्रो चरणमा पर्न सफल भएको छ ।नेपाल फिफा वरीयतामा १ सय ६१ औं स्थानमा छ। एसिया वरीयतामा भने नेपाल ३४औं छ।

दक्षिण एसियाका तीन देशहरु नेपाल, भारत र माल्दिभ्स सिंधै दोस्रो चरणमा पुगेका छन् भने बाँकी देशले पहिलो चरणको छनोट खेल्न पर्नेछ।

LIVE TV