२९ चैत्र २०७५, शुक्रबार

काठमाडौँ । नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी विज्ञानदेव पाण्डेलाई दिएको छ । सहायक रथी पाण्डेले आजबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको छ । सहायक रथी यामप्रसाद ढकालले हिजो नै जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रममा सहायक रथी पाण्डेलाई कार्यभार हस्तान्तरण गर्नु भएको थियो ।

ढकालले जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा आमसञ्चार जगतका सबै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा विशेषगरी रक्षासँग सम्बद्ध पत्रकारबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार प्रकट गर्नु भयो ।

LIVE TV