कुवेतको अस्पतालमा रहेका अर्धचेत श्रीमानलाई नेपाल ल्याइदिन आग्रह, आफ्नै ग्राहकमाथि SBI बैंकको ज्यादती (भिडियो)



प्रकाशित मिति : Apr 11, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३६४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै कार्यक्रममा विभिन्न विषयमा विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ । कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. कुवेतको अस्पतालमा रहेका अर्धचेत श्रीमानलाई नेपाल फर्काइदिन रविताको आग्रह

काठमाडौं । नवलपरासी सुस्ताकी रविता देवी शर्मा– जसले कुवेत अलअदान अस्पतालको शैयामा बिरामी श्रीमान भागिरथ चापागाँइलाई सम्झाइरहेकी छन् । चापागाई रोजगारीको खोजीमा ४ वर्ष अघि कुवेत पुगे । कुवेत पुगेको बर्ष दिनमा नै उनी गम्भीर सडक दुर्घटनामा परे । दुर्घटनामा उनको फोक्सोमा गम्भीर चोट लाग्यो भने हात खुट्टा भाँचिएका थिए । उपचारकै क्रममा उनलाई ब्रेन ह्याम्रेज थपिएपछि उनको अवस्था झन् बिग्रदै गयो । साढे २ बर्षदेखि कुवेत परवानीका अलअदान अस्पताल उनी अर्धचेत अवस्थमा छन् ।

२. आफ्नै ग्राहकलाई दुख दिन्छ नेपाल एसबिआई बैंक

काठमाडौं । मानिस आफ्नो पैसा सुरक्षित होस्, चाहिएको बेला झिक्न पाइयोस् र सजिलो होस् भन्नका लागि बैंकमा राख्छ । तर त्यही बैंकबाट आफ्नो पैसा चोरी भए के गर्ने ? चारी मात्र होइन यहाँ त चोरी भएको पैसा लिन जाँदा बैंकले आफ्नो ग्राहकलाई दुखसमेत दिएका छन् । विहारका अमरजित कुमार सिंह, जो १० बर्ष हुन लाग्यो नेपालमै घर बनाउने काम गरिरहेका छन् । उनले आफ्नो कमाएको पैसा नेपाल एसबिआई बैंकमा जम्मा गरे । तर उनी नेपालमै छदा उनको खाताको ५ लाख रुपैया भारतका विभिन्न एटिमबाट निकालियो ।

३. रास्कोट सामुदायिक अस्पताले सुरु ग–यो सेवा, स्थानीय हर्षित

काठमाडौं । कालिकोट स्थित रास्कोट नगरपालिका ५ की ४० बर्षीया मिम्की बुढा, पाठेघर तथा पेट सम्बन्धी समस्या भएपनि उपचार गराउन जाने पैसा थिएन् । १० बर्ष अघि श्रीमानसँग रोजगारीको लागि भारत जाँदा सामान्य चेकजाँच गराएर गाँउ फर्केपछि मिम्कीले आइतबार मात्रै रास्कोट साुूदायिक अस्पतालमा महिला रोग विषेशज्ञसँग चेकजाँच गराएर औषधि लिइन् । आर्थिक अभावकै कारण आँखामा मासु पलाएको, तल्लो पेट दुख्ने, मुटु दुख्ने जस्ता रोग पालेर बसेकी रास्कोट झाना गाउँकी पम्फा बमले गाँउमै सुरु भएको रास्कोट सामुदायिक अस्पतालमा उपचार गर्न पाएपछि खुसी देखिन्थिइन् ।




प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com