२८ चैत्र २०७५, बिहीबार

एजेन्सी । सामान्यतः मानिसहरु खुशी हुँदा या कसैको खुशीमा सामेल हुँदा या कसैलाई प्रोत्साहित गर्दा ताली बजाउने गर्छन् । तर, यसले मुटु, दम, फोक्सो, ग्याष्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्छ । यसले रगतको प्रवाहलाई सुचारू गर्न मद्दत गर्छ ।

पाचन समस्यामा
ताली पाचन समस्या भएकाहरूका लागि अचूक औषधि हो । तर, विधिसम्मत तरिकाले ताली बजाउनुपर्छ । ताली बजाउँदा दाहिने हातका चार औंलामा जोड पर्नुपर्छ । यो अभ्यास बिहान उठ्ने बित्तिकै कम्तीमा पनि १५ मिनेट गर्नुहोस् । जति बढी समय यो अभ्यास गर्नुहुन्छ, उति चाँडो तपाईंले परिणाम पाउनुहुन्छ ।

ढाड, घाँटी, जोर्नी दुख्नेहरुका लागि
ढाड, घाँटी, जोर्नी दुख्नेहरुले दैनिक १५ देखि २० मिनेटसम्मको अभ्यास गरेमा समस्याबाट लाभ मिल्छ । यसका लागि औंलाले औंलामा जोड दिनुपर्छ । उपयुक्त विधिले चाँडो परिणाम दिन्छ । तर, गलत विधिले नराम्रो असर चाहिँ दिदैंन, ढुक्क पर्नुस् ।

गोलीगाँठाको समस्यामा
वृद्ध अवस्थाका व्यक्तिका लागि गोलीगाँठाको दुखाई बढी हुन्छ । यस्तो समस्यालाई तालीले दूर गरिदिन्छ । यसका लागि पनि दैनिक १५ मिनेटको अभ्यास आवश्यक पर्छ ।

न्युन रक्तचापमा
यदि न्युन रक्तचापको समस्या छ भने सिधा भएर उभिनुहोस् र हात हावामा माथि उठाएर ताली बजाउनुहोस् समस्याबाट छुट्कारा मिल्छ ।
(एजेन्सीको सहयोगमा )

LIVE TV