२८ चैत्र २०७५, बिहीबार

काठमाडौं, २८ चैत । हात्तीको दाह्रा तथा कस्तुरीको वीना जस्तो वस्तुसहित पक्राउ ४ जना पक्राउ परेका छन् ।

अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौं महानगरपालिकाको सामाखुशीबाट करिब २ सय २९ ग्रामको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो वस्तु १ थान सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउकाहरु धादिङको २५ वर्षीय विकाश तामाङ, काभ्रे पनौतीका ३२ वर्षीय कुमार तामाङ लामा, नुवाकोटका ३८ वर्षीय राजकुमार लामा र खोटाङका ३१ वर्षीय फर्सुराम राई रहेको प्रहरीले जनाएको छ ।

यसैगरी सोही ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौंको गोंगबु बसपार्कबाट संरक्षित वन्यजन्तु कस्तुरीको वीना जस्तो करिब २५ ग्राम सहित काठमाडौं गोकर्णेश्वर बस्ने बाग्लुङ का ४० वर्षीय खिमबहादुर घर्ति मगरलाई गत चैत १७ गते पक्राउ गरेको थियो ।

ब्यूरोका अनुसार पक्राउ व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको छ ।

फोटोः नेपाल प्रहरी फेसबुक पेजबाट

LIVE TV