२८ चैत्र २०७५, बिहीबार

भक्तपुर २८ चैत्र । भक्तपुरको बिश्व प्रसिद्ध बिस्का जात्रा अन्तर्गत पहिलो दिन (भैरवनाथ) भैलख तान्ने क्रममा रथ बिग्रिएको छ । जात्राको पहिलो दिन तःमार्हीबाट तानेर जात्रा गर्ने क्रममा भैलख (रथ)स्थानीयहरुको घरमा ठोकिएर बिग्रिएको हो ।

भैलखको पहिलो तल्ला केही भाग र दोस्रो तल्लाको छाना चारवटै क्षति भएको छ, भने तेस्रो तल्लामा आंसिक क्षति पुगेको गुठी संस्थान भक्तपुका प्रमुख हरि प्रसाद सुवेदीले जानकारी दिनुभयो । जात्राको पहिलो दिन मै जात्रा समापन गर्न गःहिटी टोलमा र्पुयाउन पर्ने रथ आज बिहान मात्रै दत्तात्रयबाट गःहिटी टोलमा र्पुयाएको छ ।

रथ मर्मतको लागि पचास हजार रुपैयाँ खर्च लाग्ने अनुमान गुठी सस्थान प्रमुखको सुवेदी बताउनु भयो । चैतको ३० गते साँझ योसिंद्यो उभ्याउन रथलाई योसिंख्योमा र्पुयाउनु पर्ने भएकाले चैत ३० सम्ममा रथ तयार हुने वताउनु भयो ।

LIVE TV