अप्रेशन थिएटर नभएको अस्पतालमा शल्य चिकित्सक पठाउने कस्तो समायोजन ?– डा. कीर्तिपाल सुवेदी (भिडियो)



प्रकाशित मिति : Apr 11, 2019

काठमाडौं । केही दिनयता सरकारी सेवामा रहेका चिकित्सकहरु दक्षता अनुसार काम नपाउने र संघमा फर्किन पनि समस्या हुने भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । देशभर एक हजार दुई सय ८० चिकित्सकहरु सरकारी सेवामा रहेका छन् । जसमध्ये समायोजनको क्रममा १७३ जनालाई स्थानीय तह र तीन सय जनालाई प्रदेशमा खटाइएको छ ।

समायोजनका क्रममा विशेषज्ञतालाई वेवास्ता गरिएको कारण आन्दोलनमै उत्रिनु परेको आन्दोलनरत चिकित्सकहरुको भनाइ छ । जसको चरम मारमा विरामी परिरहेका छन् ।
त्यसोत, सरकारी सेवामा रहेका चिकित्सकको समायोजनमा गम्भीर त्रुटि देखिएको छ ।

कतिसम्म भने अप्रेसन थिएटर नै नभएको ठाउँमा बिशेषज्ञ शल्य चिकित्सकलाई पठाइएको छ । त्यस्तै, क्यान्सरको रेडियोथेरापी उपकरण नै नभएको अस्पतालमा त्यससम्बन्धि विशेषज्ञता हासिल गरेका व्यक्ति पठाइएको छ । यसै विषयमा कुराकानी गर्नका लागि न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ६ प्रश्नमा सरकारी चिकित्सक संघका केन्द्रीय सदस्या डा.कीर्तिपाल सुवेदीलाई निम्त्याएको छ ।

टिभी जर्नलिष्ट निमा काफ्लेसंग डा.सुवेदीले आफूहरुको आन्दोलन जायज आन्दोलन भएको तर अमानवीय आन्दोलन भने नभएको जिकिर गर्दै भने, ‘हाम्रो आन्दोलन कसरी अमानविय भयो ? हामीले इमर्जेन्सीमा दिनुपर्ने सबै सेवाहरु दिइरहेका छौं । यदि हाम्रो आन्दोलन अमानवीय भएको भए सबै सेवाहरु बन्द गरेर सडकमा टायर बाल्न उत्रन्थ्यौं ।’

त्यस्तै उनले थपे, ‘हामीले समायोजनको प्रक्रिया सुरु हुनेवित्तिकै चिकित्सकहरुलाई अन्य निजामति कर्मचारी सरह समायोजन नगर्नुहोला–यसले पछि समस्या उत्पन्न गर्छ भनेर स्वास्थ मन्त्रालय घच–घचायौं, सामान्य प्रशासण मन्त्रालयलाई घचघचायौं र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पटक–पटक भेट्यौं । यसरी भेट्ले क्रममा आफूहरुको माग जायज भएको बताए । अर्को तर्फ स्वास्थ्य मन्त्रालयले हाम्रो मागलाई जायज ठानेरै सातबुँदे सहमति समेत ग–यो । जहाँ हाम्रो बृत्तिबिकासमा नरोकिने, हामीलाई जहाँ आवश्यकता पर्छ त्यहाँ खटाइने लगाएतका विषयहरु समावेश छन् ।’

यसै क्रममा समायोजन ऐन आयो, जुन समायोजन ऐनमा केही कुरा नलेखिएको डा. सुवेदीको गुनासो छ । समायोजन ऐनमा चिकित्सकहरुलाई स्थानीय तह र प्रदेश संघ अन्तर्गत खटाइएको र त्यहाँ गइसकेपछि फर्किने बाटो नभएको भन्दै डा. सुवेदीले असन्तुष्टि ब्यक्त गरे ।

यसरी नै कुराकानी गर्ने क्रममा डा. सुवेदीले ‘चिकित्सकहरुलाई कारबाही होस्, हामीले राजीनामा दिन्छौं’ समेत भनेका छन् । बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com