२८ चैत्र २०७५, बिहीबार

काठमाडौं । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सार्वजनिक जग्गा प्रकरणमा कोही दोषी सावित भएमा सरकारले कार्बाही गर्ने बताउनु भएको छ । बिहिबार सञ्चार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले नेकपा महासचिव विष्णु पौडेल ठगिएको स्पष्टोत्ती समेत दिनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बास्कोटाले सम्मलेनमा बोल्दै भन्नुभयो, बालुवाटारको सार्वजनिक जग्गा प्रकरणकाे विषयमा नेकपाका महासचिव विष्णु पौडेल ठगिनु भएको हो ।

नेकपाका महासचिव पौडेलले आफ्नो नाम समेत जोडिएको भन्दै विज्ञेप्ती समेत निकालीसक्नु भएको छ, मन्त्री बास्काेटाले भन्नुभयाे । उहाँले सार्वजनिक जग्गालाई निजीमा ल्याउनेलाई छानविन गरेर तत्काल कार्वाही गर्ने बताउनुभयो ।

बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा गएपछि सरकारले यस अगाडि नै शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिति बनाइएको र अध्ययन भैरहेको समेत मन्त्री बास्कोटाले बताउनुभयो ।

LIVE TV